नेपालले पहिलो पटक यू-१९ महिला टी-२० विश्वकप आयोजना गर्ने
काठमाडाैं | कात्तिक २७, २०७९
काठमाडौं । नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी-२० विश्वकपको आयोजना गर्नुपर्नेछ।
यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु-१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्। यस्तै सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्।
नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो। गत जेठमा आइसिसी यू-१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू-१९ महिला टी-२० विश्वकप आयोजना हुन लागेको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

